देश

मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं।जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहँदा ३ दिनदेखि मनसुन तुलनात्मक रुपमा सक्रिय रहेको जनाएको छ ।

अहिले नेपालमा भारतको उत्तर–मध्य प्रदेश र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको हो । सोही कारण नेपालका विभिन्न प्रदेशमा वर्षा भइरहेको छ ।

मंगलबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा र एक/दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

महाशाखाले राति देशभर सामान्य बदली रहने जनाएको छ । कोशी, मधेस र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *