खेलकुद

अस्ट्रेलियालाई हराउदै इङल्याण्ड महिला विश्वकपको फाइनलमा

काठमाडौँ । इङल्याण्ड महिला फुटबल विश्वकपको फाइनलमा पुगेको छ ।

बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक अस्ट्रेलियालाई ३-१ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड विश्वकपको फाइनलमा पुगेको हो ।

इङल्याण्डको जितमा इला टोने, लाउरेन हेम्प र अलेसिया रुसोले एक एक गोल गरेका थिए । त्यसैगरी अस्ट्रेलियाका लागि साम केरले एक गोल गरेकी थिइन् ।

यो जितसँगै इङल्याण्ड पहिलो पटक विश्वकपको फाइनलमा पुगेको छ ।

यसअघि इङल्याण्ड २०१५ र २०१९ को विश्वकपमा सेमिफाइनलमा पराजित भएको थियो । इङल्याण्ड २०१५मा तेस्रो र २०१९ मा चौथो बनेको थियो ।

अब फाइनलमा इङल्याण्डले स्पेनको सामना गर्ने छ । फाइनल खेल अगस्त २० मा हुने छ ।

त्यस्तै अस्ट्रेलियाले भने तेस्रो स्थानका लागि स्विडेनको सामना गर्ने छ । तेस्रो स्थानको खेल अगस्त १९ मा हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *