खेलकुद

इङल्याण्ड महिला विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । इङल्याण्ड जारी फिफा महिला फुटबल विश्वकपको क्वाटरफाइनलमा पुगेको छ ।

सोमबार सम्पन्न खेलमा इङल्याण्डले नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै विश्वकपको क्वालिफायरमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

यस अघि निर्धारित ९० मिनेट र त्यसपछि ३० मिनेटको अतिरिक्त समयमा सम्पन्न खेल गोल रहित बराबरी बनेको थियो । खेलको ८७औँ मिनेटमा इङल्याण्डकी लाउरेन जेम्सले रातो कार्ड पाएपछि इङल्याण्ड १० खेलाडीमा खेलेको थियो ।

अब क्वाटरफाइनलमा इङल्याण्डले कोलोम्बिया र जमैकाबीचको विजेतासँग खेल्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *