विश्व

चीनको जिलिनमा भीषण वर्षाका कारण एक जनाको मृत्यु, चार जना बेपत्ता

चाङ्चुन। चीनको उत्तरपूर्वी जिलिन प्रान्तको शुलान शहरमा भारी वर्षाका कारण एक जनाको मृत्यु हुनुको साथै चार जना बेपत्ता भएका छन् ।

बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार शुलानमा करिब १ लाख ३४ हजार मानिस वर्षाका कारण प्रभावित भएका छन् भने १४ हजार ३ सयभन्दा बढी विस्थापित भएका छन् ।

शुलानमा मङ्गलबार रातिदेखि लगातार वर्षा भइरहेको छ । दिउँसो ३:०० बजेसम्म शुक्रबार औसत वर्षा १११.७ मिलिमिटर पुगेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *