खेलकुद

हारका बाबजुत दिपेन्द्रको मोन्टरियल प्लेअफमा

काठमाडौँ । जारी ग्लोबल टी-२० क्यानाडामा दिपेन्द्र सिंह ऐरी सम्मिलित टिम मोन्टरियलले दोस्रो हार बेहोरेको छ ।

गएराती सम्पन्न खेलमा मोन्टरियल भ्यान्कोभर नाइटससँग ९ विकेटले पराजित भएको हो ।

मोन्टरियलले दिएको १०० रनको लक्ष्य पछाएको भ्यान्कोभरले १४.५ ओभरमा १ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि मोन्टरियल १८.३ ओभरमा अल आउट हुदै ९९ रन मात्र बनाएको थियो । नेपाली खेलाडी दिपेन्द्र सिंह ऐरीले यस खेलमा मोन्टरियलका तर्फबाट सर्बाधिक २७ बलमा २४ रन बनाएका थिए ।

जारी ग्लोबल् टी-२० मा मोन्ट रियलको यो दोस्रो हार हो । हारका बाबजुत मोन्टरियल ७ खेलमा ९ अंकसहित अहिले पनि शिर्ष स्थानमा रहेको छ र प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । त्यस्तै जितपछि भ्यान्कोभर ६ खेलमा ७ अंकसहित चौथो स्थानमा उक्लिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *