काठमाडौं । संसदमा देखिएको संसद अवरोधको बाटो फुकाउने उदेश्यले सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका सोमबार पनि प्रतिनिधिसभा बैठक नबसी स्थगित भएको थियो । उक्त स्थगित भएको बैठक मंगलबार दिउँसो १ बजे बस्दैछ ।
सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार सभामुखले कार्यव्यवस्था समितिको बैठक बोलाएका हुन् ।
मंगलबार बिहान नै सो विषयमा छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग टेलिफोन संवाद गरिसकेको उनले बताए ।
सभामुखले निरन्तर सदन अवरुद्ध हुँदा जनताको आवाज अवरुद्ध हुने भन्दै गम्भीर हुन प्रधानमन्त्री र विपक्षी दलका नेताको ध्यानाकर्षण
गराए ।




