काठमाडौँ । जारी महिला फुटबल विश्वकप अन्तर्गत अमेरिका र नेदरल्याण्डस बराबरीमा रोकिएका छन् ।
समुह ई अन्तर्गत विहिबार बिहान सम्पन्न खेलमा अमेरिका र नेदरल्याण्डस १-१ गोलको बराबरीमा रोकिएका हुन् ।
खेलको १७औं मिनेटमा नेदरल्याण्डसकी जिल्ल रूर्डले गोल गर्दै शुरुवाती अग्रता दिलाए पनि अमेरिकाले खेलको दोस्रो हाफमा बराबरी गरेको थियो । अमेरिकाका लागि खेलको ६२औं मिनेटमा लिन्डसे होरानले गोल गरेकी थिइन् ।
यो बराबरीपछि समुह ई मा अमेरिका र नेदरल्याण्डस दुवैको २-२ खेलमा ४-४ अंक भएको छ ।
यस समुहमा रहेका पोर्चुगल र भियतनामले आफ्नो पहिलो खेलमा हार बेहोरेर अंकविहिन रहेका छन् ।




