काठमाडौं । केही दिन अघि त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट ठूलो मात्रमा अवैध सुन बाहिरिएपछि यस विषयले अहिले चर्चा पाएको छ । समय–समयमा अवैध रुपमा सुन नेपाल भित्रिरहेको बेला गृहमन्त्रालयले सुरक्षा प्रणाली विभिन्न मन्त्रालयका कर्मचारीहरु लगाएत सम्बन्धित निकायले गरेको कम्जोरीका वारेमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले केही सुधार गर्न सकेका छैनन।
सँधै स्टन्ट र निर्देशन मात्र दिने गरेकाले कर्मचारी तथा सुरक्षा निकायले त्यसको व्यावहारिक रुप धारण गर्न नसक्नुले नेपालमा पछिल्लो समय अपराधिक क्रियाकलाप दिनप्रतिदन घटिरहेका छन् ।
गृहमन्त्रीले सम्बन्धित निकायलाई दिएको जिम्मेवारीका वारेमा निगरानी राम्रोसंग नराख्ने गरेको मनोविज्ञानका आधारमा नेपालमा विभिन्न किसिमका अपराधिक गैरकानुनी गतिविधि बढीरहेको बेला बुधबार जारी प्रतिनिधि बैठक संघिय संसद नयाँ बानेश्वरमा नेकपा एमालेले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक सय किलो सुन प्रकरणका वारेमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री संग जवाफ मागेका छन् । गृहमन्त्रालय र अर्थमन्त्रालयले यसको जवाफ नदिएसम्मका लागि संसद बैठक अवरुद्ध गर्ने घोषणा समेत नेकपा एमालेले गरेको छ ।
प्रमूख प्रतिपक्ष दल नेकपा एमाले साउन १५ गते सम्मका लागि संसद बैठक अवरुद्ध गरेर सुन काण्डका बारेमा गृहमन्त्रीसंग जवाफ मागेका हुन् । एमालेले ठूलो मात्रामा विमानस्थल भन्सार कार्यालयबाट अवैध सुन बाहिरिनुको रहस्य गृहमन्त्रालय र अर्थमन्त्रालयसंग सम्बन्धित रहेको भन्दै यस विषयको जवाफ नेकपा एमालेले मात्र होइन अन्य पाटीले पनि निष्पक्ष छानबिन हुनुपर्ने माग राखेका छन् । बुधबार संघिय संसद भवनमा केहीबेर संचालनमा आएको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै विभिन्न पाटीका नेताहरुले व्यक्तिगत र संस्थागत धारण राखेका थिए । यस्तै रास्वपाले एक सय क्विन्टल सुन तस्करी प्रकरणबारे संसदमा संकल्प प्रस्ताव दर्ता गराएको छ। रास्वपाले सभामुख देवराज घिमिरेलाई संकल्प प्रस्ताव दर्ता गराएको हो ।
रास्वपाका सांसदहरूले छलफलका लागि भन्दै संसद् सचिवालयमा जरुरी सार्वजनिक महत्वको संकल्प प्रस्ताव दर्ता गराएका थिए । ठूलो मात्रामा सुन पत्ता नलागी भन्सार जाँचपास भएको विषयमा विस्तृत अनुसन्धान गर्न, यस्ता संगठित अपराध नियमन गर्न सरकारले लिएको पहलकदमीलगायतका विषयमा छलफल गर्नका लागि रास्वपाले उक्त प्रस्ताव दर्ता गराएको हो। संसदमा बोल्दै रास्वपा संसाद रविलामिछानेले रवि लामिछानेले सुन तस्करीमा ठूलो सेटिङ भएको दाबी गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सामान्य कर्मचारी सरुवा गरेर जिम्मेवार निकायका प्रमुखलाई जोगाइएको आरोप लगाए ।
‘यस्तो गम्भीर विषयमा विभिन्न निकायका प्रमुखलाई तुरुन्तै बर्खास्त गर्नुपर्ने हो कि केही कर्मचारी साटफेर गर्नुपर्ने हो ?’ उनले प्रश्न गरे, ‘डामेर छोडेपछि त्यहाँ भएका सूचना लुकाउने र अनुसन्धान प्रभावित पार्ने समय दिइएको छ । कतिले फोन फम्र्याट गर्लान्, कतिले टेलिभिजनमा तामातुलसी गर्लान् ।’
उनले ट्याक्सीबाट भरिया पक्राउ गरेर मालिकलाई जोगाइएको आरोप लगाए ।यदि भरियालाई मालिकसम्म पुग्न दिएको भए मालिकलाई नै कर्यापझ्याप पार्न सकिन्थ्यो होला नि, त्यसो किन गरिएन ?’ उनले भने ।उनले सुनतस्करीमा ठूलो सेटिङ हुने गरेको र यो निरन्तर चल्दै आएको बताए । आफ्नो पार्टीले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको र गृहमन्त्रीले त्यसमा चित्तबुझ्दो जवाफ नदिएमा रास्वपाले अर्को कदम चाल्ने बताए ।
यस्तै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले गृहमन्त्रीले आफ्नो पदमा बस्न लायक नभएको बताए ।
प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै गृहमन्त्रीले पदमा बस्ने नैतिकता गुमाएको बताउदै सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिनको माग गरेका हुन् ।
उनले अहिले सरकारले विमानस्थलको सुरक्षा कमजोर भएकको बताउदै क्वीन्टलका क्वीन्टल सुन तस्कर भइरहेको बेला यस्तो हुुनुको कारण खोजदै गृहमन्त्रीसंग जवाफ मागेका हुन् । अवैध सुन प्रकरणकै विषयलाई लिएर बारम्बार यत्रो ठूलो मात्रामा सुन आयात हुनुमा सरकारको संलग्नता रहेको समेत उनले उल्लेख गरे ।
नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारले भ्रष्टाचारको जुनसुकै काण्डमा मुछिएकाहरूलाई सरकारले कारबाही गर्ने बताए । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘सरकारको जिम्मेवारी सम्हाल्नुभएको गृहमन्त्री र अर्थमन्त्रीको बारेमा प्रश्न उठेको छ ।
दिउँसै रात पार्न खोजिएको थियो । रातलाई दिउँसो पारिँदैछ । भ्रष्टाचारको विषयमा सरकारले छानबिन अगाडि बढाइरहेको छ । माननीयज्यूहरूलाई टाउको नदुखाउन म अनुरोध गर्छु । कसैको अनुहार हेर्न जरुरी छैन सरकार अगाडि बढोस्, बाँकी उठेका कतिपय विषयमा पनि सरकारले छानबिन गरेर व्यक्तिको अनुहार हेरेर होइन उसको काम हेरेर राज्यलाई सुशासनको प्रत्याभूति दिने गरी अगाडि बढोस् । माछो ठूलो सानोको प्रसंग होइन ।’
यस्तै सत्तारुढ दल कांग्रेसका सांसद सुनील शर्माले सुन प्रकरणमा संलग्न मुख्य नाइकेलाई पक्राउ नगरे संसदमै आमरण अनशन बस्ने बताएका छन् । सुन तस्करी प्रकरणलले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका उनले सुन तस्करीका मुख्य अभियुक्त नसमातिए संसदमै आमरण अनशन बस्ने चेतावनी पनि दिए ।
‘सुन प्रकरणलाई गुमचुम पारेर गाउँको बिचरा भरियालाई मात्रै हिरासत राख्ने र मुख्य नाइकेहरू भाग्छन् र अर्थमन्त्री र गृहमन्त्रीले त्यही भुजेललाई मात्रै पक्रेर बस्छन् भने प्रधानमन्त्री फर्केपछि उहाँहरूले तोकेको मितिभित्र भरियामात्रै पक्राउ पर्छ भने यो सदनभित्र म आमरण अनशन घोषणा गर्न चाहन्छु‚’ उनले बैठकमा भने ।
यस्तै अवैध सुन प्रकरणकै विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष राजेन्द्र लिङदेनले भरिया पक्राउ गरेर तस्करीका नाइकेको संरक्षण गर्न खोजेको बताएका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै अध्यक्ष लिङ्दनेले सुन तस्करीका विषयमा अहिले भइरहेको अनुसन्धान झारा टार्ने किसिमको मात्र भएको उल्लेख गरे ।
उनले भने, ‘भरिया पक्रेर सुन तस्करीका नाइके संरक्षण गर्ने, हामीले यति काम त ग¥यौं नि भन्ने काम नहोस् । अहिले जुन ढंगले अनुसन्धान प्रक्रियाका नाममा झारा टार्ने काम भएको छ,। यसरी हुँदैन, विशेष आयोग, छानबिन आयोग बनाएर अनुसन्धान अघि बढाइयोस् भन्न चाहन्छु ।’




