काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले गृहमन्त्री आफ्नो पदमा बस्न लायक नभएको बताएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै गृहमन्त्रीले पदमा बस्ने नैतिकता गुमाएको बताउदै सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिनको माग गरेका हुन् ।
उनले अहिले सरकारले विमानस्थलको सुरक्षा कमजोर भएकको बताउदै क्वीन्टलका क्वीन्टल सुन तस्कर भइरहेको बताए ।
गिरीले माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र उनका छोरा सुन तस्करमा संलग्न भएको विषय मिडिया आएर पनि उनीहरुलाई छानबिनको दयारामा नल्याइएको बताए ।
गिरीले महराले यसअघि चिनियाँ व्यापारीसँग ५० करोड माग गरेको अडियो समेत बाहिर आएको सन्दर्भ उल्लेख गरेका थिए ।
प्रमुख सचेतक गिरीले मन्त्रीहरुकै संलग्नतामा सुन तस्करी भइरहेको आरोप लगाउदै यस प्रकरणको छानबिन गर्न सभामुखले रुलिंग गर्न माग गरे । उनले उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै सो त्यसको सुनिश्चितता नभएसम्म संसद चल्न नदिने बताए ।




