साउन ३ बुधबार : संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभर घटेका घटनालाई एक साथ हेर्न मिल्ने गरि संकल्प विशेषलाई ध्यान दिदैँ मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।
हेर्नुहोस संकल्प खबरका १० मुख्य समाचारः
प्रस्तावित ६ राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु
काठमाडौं । सरकारले सिफारिस गरेका विभिन्न मुलुक तथा नियोगका ६ जना राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ।
बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले सरकारद्वारा सिफारिस न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा सिफारिस तेजबहादुर क्षेत्री, कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्साल, थाइल्याण्डका लागि प्रस्तावित राजदूत धनबहादुर ओली र फ्रान्सका लागि प्रस्तावित राजदूत सुधीर भट्टाराईको सुनुवाइ गर्न उजुरी आह्वानका लागि १० दिने सूचना जारी गर्ने निर्णय गरेको
प्रधानमन्त्री प्रचण्डद्धारा बूढीगण्डकी आयोजनाको उद्घाटन
गोरखा जिल्लामा बन्ने १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन प्रधानमन्त्री प्रचण्डले उदघाटन गरेका छन् । बुधबार प्रधानमन्त्री प्रचण्डले गोरखा जिल्लाकाृ सिरुङटारमा स्थानीय कार्यलय उद्घाटन गरेका हुन् । आयोजनाबाट बिजुली निकाल्न सिरुङटारमा ६३ किलोमिटर क्षेत्रफलमा फैलिने ८० मिटर अग्लो ड्याम बन्ने भएको छ । उक्त ड्याम्पमा पानी भरिन लगभग डेढ वर्ष लाग्ने अनुमान गरिएको स्रोतले जनाएको छ ।
अहिले आयोजनाका लागि कम्पनी खुलेर केन्द्रिय र स्थानीय कार्यालयको स्थापना भएपनि आयोजनाका लागि आवश्यक पर्ने लगानीका बारेमा भने अन्योल नै छ । उक्त आयोजना बनाउने लक्ष्यका साथ अहिलेसम्म लगभग ४२ लाख खर्च भइसकेको जनाइएको छ । हो।
नेपाली सेनाको संख्या कटौतीवारे बहस गर्नु दुर्भाग्यपूर्ण विषय हो : लिङदेन
राष्ट्रिय सुरक्षाको महत्त्वपूर्ण अङ्गको रुपमा रहेको नेपाली सेनाको संख्या कटौतीको वारेमा उठेको बहसवारे राष्ट्रिय प्रजातन्त्र पाटीले आपति जनाएको छ । राप्रपाले बुधबार एक विज्ञप्ती जारी गर्दै नेपाली सेनाको संख्या कटौती गर्ने विषय दुर्भाग्यपूर्ण रहेको बताएको हो ।
योजनावद्ध ढंगवाट स्वघोषित वुद्धिजीवी तथा केही राजनीतिक दलका जिम्मेवार नेताहरूवाट नै नेपाली सेनाको संख्या घटाउनु पर्ने र सेना विहीन राज्यको परिकल्पना जस्ता विषयहरू श्रृङ्खलावद्ध रूपमा उठ्नु रहस्यमय, अनुचित र दुर्भाग्यपूर्ण रहेको राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष राजेन्द्र लिङदेनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
सांसदलाई पाँच करोड दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट, बिहीबार पेसी
संघीय सांसदलाई जनही पाँच करोड दिने सरकारी कार्यक्रमविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । बुधबार अधिवक्ता सागर बराल, सौगातराज बराल र अविनेश अधिकारीले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् । रिक्त रिटको असार ४ गतेका लागि पेसीसमेत तोकिएको छ।
आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्यको बुदाँ नम्बर ४२५ मा उल्लेखित निर्वाचन क्षेत्रका लागि पाँच करोड विनियोजन गर्ने गरी संसदीय पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष )सम्बन्धी व्यवस्था नगर्न नगराउन अन्तरिम आदेशको माग गरिएको छ ।सरकारले एक सय ६५ प्रतिनिधिसभा सदस्यका लागि मात्र सांसद विकास कोषको रकम छुट्याएको छ । केन्द्रको सिको गर्दै सबै प्रदेशमा सांसदहरूलाई दुई करोडदेखि पाँच करोडसम्म छुट्याएको छ ।
कांग्रेस बैठकमा उठ्यो प्रदेश संरचनालाई जिम्मेवारी दिन नसकिए खारेज गर्नुपर्ने
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रदेश संरचनालाई जिम्मेवारी दिन नसकिए खारेज गर्नुपर्ने माग उठेको छ । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा कांग्रेसका प्रदेश सभापतिहरू आमन्त्रित केन्द्रीय सदस्यका रूपमा धारणा राख्दै जिम्मेवारी दिन नसके प्रदेश संरचना खारेज गर्नुपर्ने माग राखेका हुन् ।
कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पार्टीको प्रस्तावमा प्रदेश कहीँ पनि नभेट्टाएको उल्लेख गर्दै कांग्रेसले दुई तहको संरचनाको नेतृत्व लिनुपर्ने बताएका हुन् । ‘सबैको अस्तित्वलाई स्वीकारेर संविधान आएको हो । प्रदेश आवश्यक छैन भने कांग्रेसले दुई तहको संरचना हुनुपर्छ भनेर त्यसको नेतृत्व गरोस्,’ उनले भने ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल इटाली जाने भएका छन् । आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री दाहालको इटाली भ्रमण स्वीकृत गरेको हो ।
युनाइडेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मुभमेन्टको कार्यकममा भाग लिन प्रधानमन्त्री दाहाल साउन ७ इटाली जान लागेका हुन् । उनी इटालीबाट साउन ११ गते स्वदेश फर्किने कार्यक्रम रहेको शर्माको भनाइ छ । उक्त भ्रमण कृषिमन्त्री वेदुराम भुसालसहितसहित २० सदस्य रहनेछन् ।
मन्त्रिपरिषद बैठकले सहिद गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्रको सञ्चालक समिति सदस्यमा सोही अस्पतालका डाक्टर रविन मल्ललाई नियुक्त गरेको छ । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सरकारले उनलाई सदस्यमा नियुक्त गरेको हो। यस्तै सरकारले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने निर्णय गरेको छ ।
शक्ति बस्नेत सरकारबाट हट्न सक्ने संभावना
प्रधानमन्त्री प्रचण्डले इटाली जानुअघि नै सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउने भएका छन् । जनमत पार्टीले असार २६ गते नै आफ्नो पार्टीबाट अनिता यादवलाई सरकारमा सहभागी गराउने निर्णय गरेको थियो । तर असार २७ गते प्रचण्डपत्नी सीता दाहालको निधन भएकाले मंगलबारसम्म प्रधानमन्त्री प्रचण्ड राजनीतिक गतिविधिमा सक्रिय देखिएका थिए । जसकारण जनमत पार्टीको सरकारमा सहभागिता लम्बिएको थियो ।
प्रधानमन्त्री प्रचण्ड आफ्नै पार्टीका मन्त्रीलाई फिर्ता बोलाएर जनमतलाई सरकारमा सहभागी गराउने मनस्थितिमा छन् । यसअघि सामान्य प्रशासमन्त्री अमनलाल मोदी र पर्यटनमन्त्री सुदन किराँतीमध्ये एकजनालाई फिर्ता बोलाउने तयारी भइरहेको चर्चा थियो । तर, अहिले माओवादीमा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई सरकार छाड्न पार्टीभित्रबाटै दबाब परेको बताइन्छ ।
लिखेलबाट काठमाडौं जाँदै गरेको यात्रुबस दुर्घटना
काठमाडौं । धुलिखेलबाट काठमाडौं आउँदै गरेको यात्रुबस भक्तपुरको साँगामा दुर्घटना भएको छ। बा३ख ९३९६ नम्बरको यात्रुवाहक बस साँगाको महादेव मन्दिर जाने साँगा पुलनजिकैको भीरबाट खसेको प्रहरीको भनाइ छ।
अहिले प्रहरीले घाइतेको उद्धार गरिरहेको जनाएको छ। अहिलेसम्म सात जना घाइतेको उद्धार गरेर अस्पताल पठाइएको छ। प्रहरीका अनुसार चार जना घाइतेको इबमुरा अस्पताल र तीन जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।
अहिले उद्धार कार्य जारी रहेको काभ्रे प्रहरीले जनाएको छ। बसमा ३०–३५ जना सवार रहेको स्थानीयको भनाइ छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
लिखेलबाट काठमाडौं जाँदै गरेको यात्रुबस दुर्घटना
धुलिखेलबाट काठमाडौं आउँदै गरेको यात्रुबस भक्तपुरको साँगामा दुर्घटना भएको छ। बा३ख ९३९६ नम्बरको यात्रुवाहक बस साँगाको महादेव मन्दिर जाने साँगा पुलनजिकैको भीरबाट खसेको प्रहरीको भनाइ छ।
अहिले प्रहरीले घाइतेको उद्धार गरिरहेको जनाएको छ। अहिलेसम्म सात जना घाइतेको उद्धार गरेर अस्पताल पठाइएको छ। प्रहरीका अनुसार चार जना घाइतेको इबमुरा अस्पताल र तीन जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।
बयालिस करोड बढी विकासे बजेट ‘फ्रिज’
दार्चुलाका नौ स्थानीय तहको ४२ करोडभन्दा बढी विकासे बजेट ‘फ्रिज’ भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लाका नौवटै स्थानीय तहमा सङ्घ र प्रदेशबाट प्राप्त विकासे बजेटमध्ये रु ४२ करोड १४ लाख ३१ हजार चार सय ६४ रुपैयाँ ‘फ्रिज’ भएको हो ।
सङ्घीय सरकारबाट ससर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान शीर्षकबाट प्राप्त रकम र प्रदेश सरकारबाट समपूरक अनुदान र विशेष अनुदान शीर्षकबाट प्राप्त विकासे बजेटको रु तीन अर्ब ५७ करोड ९४ लाख ३० हजार छ सय ३४ रुपैयाँमध्ये रु४२ करोड १४ लाख ३१ हजार चार सय ६४ फिर्ता गएको कोष तथा लेखा नियन्त्रक जगन्नाथ भट्टले जानकारी दिए ।
जिल्लाको शैल्यशिखर नगरपालिकामा सङ्घीय सरकारबाट प्राप्त रु४९ करोड ८३ लाख एक हजार तथा प्रदेश सरकारबाट प्राप्त रु दुई करोड १० लाख ७२ हजारमध्ये रु आठ करोड १८ लाख १७ हजार आठ सय ५३ विकासे बजेट पनि फिर्ता गएको छ ।
अहिले उद्धार कार्य जारी रहेको काभ्रे प्रहरीले जनाएको छ। बसमा ३०–३५ जना सवार रहेको स्थानीयको भनाइ छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।




