काठमाडौं । नेपालले एसिसी इमर्जिङ कपमा भारत ए विरुद्ध टस जितेर पहिला ब्याटिंग गरिरहेको छ ।
श्रीलंकाको आर प्रेमदासा रंगशालामा जारी खेलमा नेपालले छैटौं विकेट गुमाएको छ ।
नेपालका ओपनर कुशल भुर्तेल खेलको दोस्रो बलमा नै डक आउट भएका छन् भने आसिफ सेखले ७ रन बनाएर आउट भए । त्यस्तै देव खनाल १५ रन, भिम सार्की ४, कुशल मल्ल ० र सोमपाल कामी १४ रन बनाएर आउट भएका छन् ।




