काठमाडौं । नेपाल आयल निगमले सोमबार मध्यरातिदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएसँगै मंगलबार हवाई भाडासमेत घटेको छ। आयल निगमले एटीएफको मूल्यको मूल्य प्रतिलिटर १४ रुपैयाँले घटाएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणकाअनुसार आन्तरिक उडानमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म हवाई भाडा कटौती भएको हो ।
माउन्टेल फ्लाइटमा चार सय ८५ ररुपैयाँ घटेको छ। काठमाडौं–धनगढी उडानमा ६ सय १५ रुपैयाँ घटेको छ । विरानटनगर–नेपालगञ्ज उडानमा सात सय ५० रुपैयाँ घटेको छ। काठमाडौं–सिमरा उडानमा एक सय २५ रुपैयाँ घटेको छ।
याँ भाडादरअनुसार यसअघि ४ हजार ५०५ रुपैयाँ भाडा रहेको काठमाडौं–भद्रपुर उडानका लागि अब ४ हजार ६६५ रुपैयाँ लाग्ने छ । यसअघि २ हजार ३८० रुपैयाँ रहेको काठमाडौं–पोखराको नयाँ भाडा २ हजार १५५ रुपैयाँ तोकिएको छ ।
काठमाडौंंबाट माउन्टेन फ्लाइट ४८५, भद्रपुर ४२०, विराटनगर ३३५, जनकपुर १८०, भरतपुर १५०, पोखरा २२५, भैरहवा २८५, नेपालगञ्ज ४५५ र तुम्लिङटार २६०९ रुपैयाँ कम भएको छ ।








