देश

देशभर झरी, चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीकोसमेत सम्भावना छ।

राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी र मधेस प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

भोलि (सोमबार) पनि देशभर वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति देशका तराई भू-भागका धेरै स्थान तथा बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुने पूर्वानुमान छ। मधेस, बागमती र कोशी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीसमेत चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबार दिउँसो सामान्यदेखि पूर्ण बदली भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुने महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ।

यस्तै राति पनि देशका धेरै स्थानमा वर्षा हुनेछ । कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना छ। मधेस र कोशी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *