खेलकुद

भारत साफ च्याम्पियनसिपको फाइनलमा, लेवनान पेनाल्टी सुटआउटमा पराजित

काठमाडौं । भारत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको दोस्रो सेमिफाइनलमा लेवनानलाई पराजित गर्दै भारतले फाइनलमा कुवेतसँगको भेट पक्का गरेको हो ।

भारतले पेनाल्टी सुटआउटमा लेवनानलाई ४-२ गोल अन्तरले पराजित गर्यो ।

निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो ।

८ पटकको साफ च्याम्पियन भारतले मंगलबार उपाधिका लागि कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।

दक्षिण एसिया बाहिरका दुई टिम लेवनान र कुवेतलाई सहभागी गराएर साफ च्याम्पियनसिपको आयोजना गरिएको थियो ।

बंगलादेशलाई १–० ले हराउँदै कुवेत यसअघिनै फाइनल प्रवेश गरिसकेको छ । साविक उपविजेता नेपाल भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *