खेलकुद

होप र पुरनले वेस्टइण्डिजलाई सम्हाले

काठमाडौँ । नेपालविरुद्ध खराब शुरुवात गरेको वेस्टइन्डिजलाई कप्तान साइ होप र निकोलस पुरनले सम्हालेका छन् ।

५५ रन बनाउदा तीन विकेट गुमाएको वेस्टइण्डिजका लागि ३० ओभरको खेल सकिदा कप्तान होप र पुरनले ९५ रनको साझेदारी गर्दै सम्हालेका हुन् ।

अहिले ३० ओभरको खेल सकिदा शाइ होप ६७ र निकोलस पुरन ४७ रन बनाएर खेलिरहेका छन् ।

यसअघि ब्रान्डन किंग ३२, काइल मायर्स १ र जोहन्सन चार्लेज शुन्यमा आउट भएका थिए ।

नेपाली बलर करण केसी, गुलशन झा र सन्दीप लामिछानेले एक एक विकेट लिएका छन् ।

नेपालले आफ्नो क्रिकेट इतिहासमा कुनै पनि फर्म्याटमा वेस्टइण्डिजसँग पहिलो पटक खेलिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *