काठमाडौँ । साफ च्याम्पियन्सिपको जारी कुवेतविरुद्ध नेपालले एक गोल फर्काएको छ । नेपालका लागि अन्जन विष्टले खेलको ६८औ मिनेटमा गोल फर्काएका हुन् ।
योसंगै अहिले नेपालविरुद्ध कुवेत ३-१ ले अगाडी रहेको छ ।
यो अन्जनको नेपालको लागि १२औं गोल हो भने कुनै पनि नेपाली खेलाडीले कुवेतविरुद्ध गरेको तेस्रो गोल हो ।
यसअघि कुवेतका लागि खालेद हाजीह, शाबैब अल्खाल्दी र मोहमद अब्दुल्लाहले एक एक गोल गरेका थिए ।




