खेलकुद

विश्वकप क्वालिफायरका आज दुई खेल हुदै

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत आज दुई खेल हुदै छन् ।

आज समुह बि अन्तर्गतका श्रीलंका र युएई तथा आयरल्याण्ड र ओमानबीच खेल हुदै छन् । दुवै खेल नेपाली समय अनुसार १२: ४५ बजेदेखि जिम्बाबेको बुलावायोमा हुदै छन् ।

यसअघि आइतबार देखि शुरु भएको प्रतियोगितामा समुह ए का दुई खेल सम्पन्न भएका छन् । आइतबार सम्पन्न खेलमा घरेलु टिम जिम्बाबेले नेपाललाई ८ विकेटले पराजित गरेको थियो भने वेस्टइन्डिजले अमेरिकालाई ३९ रनले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

प्रतियोगिता अन्तर्गत नेपालले भोलि मंगलबार अमेरिकाको सामना गर्दै छ भने जिम्बाबेले नेदरल्याण्डसको सामना गर्दै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *