काठमाडौँ । नेपालले तेस्रो विकेटको रुपमा कप्तान रोहित पौडेललाई गुमाएको छ ।
आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत पहिलो खेलमा जिम्बाबेविरुद्ध टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले कप्तान पौडेललाई गुमाएको हो ।
पौडेल २९ बलमा ३१ रन बनाएर आउट भएका छन् । उनलाई जिम्बाबेका बलर रिचार्ड एन्गाराभाले आउट गरेका हुन् ।
उनले कुशल मल्लसँग तेस्रो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए ।



