देश

अख्तियारमा १० महिनाको अवधिमा २२ हजार ३५५ उजुरी

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा १० महिनाको अवधिमा झण्डै साढे २२ हजार उजुरी परेको छ । आर्थिक वर्ष २०७९/ ८० को वैशाख मसान्तसम्म २२ हजार ३५५ उजुरी परेको अख्तियारले जनाएको हो ।

आइतबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आइतबारको बैठकमा आयोगका सचिव रामेश्वर दंगालले गएको १० महिनामा २२ हजार ३ सय ५५ उजुरी परेको जानकारी दिए ।

तीमध्ये करिब आधा मात्र अर्थात् १२ हजार ५९२ उजुरीमात्र फर्छ्यौट भएको छ । २३० वटा मुद्दामा पुनरावेदन गर्दा गराएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार २०७४/७५ मा १९४८८, २०७५/७६ मा २४०८५, २०७६/७७ मा २५१५२, २०७७/७८ मा २२६२५ र २०७८/७९ मा २४३३१ उजुरी दर्ता भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *