काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले पश्चिम अफ्रिकी देश गिनीलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा ब्राजिलले गुएनालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
ब्राजिलको जितमा जोएलिनटन, रोड्रीगो, एडर मिलिताओ र भिनिसीयस जुनियरले एक एक गोल गरेका थिए ।त्यसैगरी गिनीका लागि एक गोल सेरहोउ गुइरासीले फर्काएका थिए । ब्राजिलका लागि यस खेलमा नेइमार खेलेका थिएनन् । उनी इन्जुरीका कारण लामो समयदेखि मैदान बाहिर रहेका छन् ।
ब्राजिलले अब अर्को मैत्रीपूर्ण खेल जुन २१ मा सेनेगलसँग खेल्ने छ ।




