काठमाडौं । एसीसी महिला इर्मजिङ टिम्स एसिया कपअन्तगर्त नेपाल र हङकङबीचको खेल वर्षाका कारण सुरु हुन सकेको छैन ।
समूह ‘ए’ अन्तगर्त हङकङको मिसन रोड ग्राउन्डमा बिहान ६ : ४५ मा खेल सुरु हुने भनिए पनि चिसो आउट फिल्डका खेलमा टससम्म हुन सकेको छैन ।
दुवै टोली जारी प्रतियोगितामा जितविहीन छन् । नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ९ रनले हारेको थियो ।
भारतसँगको खेल भने वर्षाले प्रभावित भएपछि नो रिजल्टमा दर्ज भयो । नेपालले आज खेल सुचालु भएमा सेमिफाइनलसम्मको यात्रा तय गर्न विशाल रनअन्तरको जित दर्ता गर्नुपर्नेछ भने भारतको नतिजामा पनि भर पर्नु पर्नेछ ।
भारतले पाकिस्तानलाई भारी अन्तरले हराए र आफ्नो खेलमा नेपान सामान्य रनले मात्रै विजयी भएमा अन्तिम चारमा भविष्य देखिन्छ । यता हङकङले पहिलो खेलमा भारत ‘ए’ सँग ९ विकेटले हारेको थियो । पाकिस्तानी टोलीसँग वर्षाका कारण हुन सकेन ।




