खेलकुद

युरो छनौटमा फ्रान्सको लगातार तेस्रो जित

काठमाडौँ । युरोकप छनौट अन्तर्गत फ्रान्सले गिब्रालटरलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा फ्रान्सले गिब्राल्टरलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

फ्रान्सको जितमा ओलिभर जिराउड, किलीयन एम्बाप्पे रले एक एक गोल गरेका थिए भने एक गोल गिब्राल्टरका आयमेन मोउएलहीले आत्मघाती गोल गरेका थिए ।

यो जितपछि फ्रान्सले समुह बि मा युरोकप छनौटका लागात तेस्रो खेलमा जित हासिल गरेको छ ।

फ्रान्सको ३ खेलमा ९ अंक रहेको छ र तालिकामा शिर्ष स्थानमा रहेको छ । त्यस्तै गाब्रिल्टरले भने लगातार तेस्रो खेलमा हार बेहोरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *