देश

सुरक्षा सल्लाहकारमा नियुक्त बैरागीले लिए पद तथा गोपनियताको शपथ

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषदको राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त भएका पूर्व मुख्यसचिव शंकरदास बैरागीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

आजै बसेको मन्त्रिपरिषद्को बैठकले बैरागीलाई मन्त्रिस्तरीय सुबिधा दिने गरि सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो । बैरागीलाई राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् ।

बैरागीको कार्यकाल आगामी असोजमा सकिदै थियो । उनलाई राजीनामा गराएर सरकारले सचिव बैकुण्ठ अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *