खेलकुद

टेस्ट वरियतामा अस्ट्रेलियन ब्याट्सम्यानको दबदबा

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टेष्ट ब्याट्सम्यान वरीयतामा अस्ट्रेलियाली खेलाडीहरुले आफ्नो बर्चश्व बनाएका छन् ।

आइसीसीले बुधबार जारी गरेको वरियतामा टेस्ट ब्याट्सम्यानको वरियतामा तीन शिर्ष स्थानमा अस्ट्रेलियाका ब्याट्सम्यान रहेका छन् ।

अस्ट्रेलियाका मार्नस लाबुसेन ९०३ अंकका साथ पहिलो स्थानमा छन् भने स्टिभ स्मिथ ८८५ अंककासाथ दोस्रो र ट्राभिस हेड ८८४ अंकका साथ तेस्रो नम्बरमा रहेका छन् ।

ओभलमा भएको विश्व टेस्ट च्याम्पियनसिपमा भारतविरुद्ध शतक प्रहार गर्ने स्मिथ र ट्राभिस हेड पनि शीर्ष ५ मा रहेका छन् ।

चौथो नम्बरमा न्यूजिल्याण्डका केन विलियम्सन र पाँचौं नम्बरमा पाकिस्तानका बाबर आजम छन् ।

शीर्ष १० मा एक मात्र भारतीय ब्याट्सम्यान परेका छन् । ऋषभ पन्त ७५८ अंकका साथ १० नम्बरमा छन् ।

त्यसैगरी टिम वरियतामा भारत शीर्ष स्थानमा छ । विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पराजयपछि पनि भारत १२१ अंकसहित टिम वरियतामा पहिलो स्थानमा छ ।

अष्ट्रेलिया दोस्रो, इंग्ल्यान्ड तेस्रो, दक्षिण अफ्रिका चौथो र न्यूजिल्याण्ड पाँचौं स्थानमा छ ।

त्यस्तै टेस्ट बलिङ वरियतामा भारतका आर अश्विन ८६० अंकसहित पहिलो नम्बरमा छन् । तर, अश्विनले अस्ट्रेलियाविरुद्धको विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा स्थान पाउन सकेका थिएनन् ।

टेष्ट बलिङ वरियतामा अश्विनका अलावा भारतका रविन्द्र जडेजा र जसप्रित बुमराह पनि शीर्ष १० मा रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *