खेलकुद

वेलिंघमलाई रियल म्याड्रिडले भित्र्यायो

काठमाडौँ । इङल्याण्डका युवा मिडफिल्डर जुड विलियम वेलिंघम रियल म्याड्रिड गएका छन् ।

जर्मनी क्लब बोरुसिया डोर्टमण्डबाट खेलिरहेका बेलिंघमलाई रियल म्याड्रिडले भित्र्याएको हो ।

१९ बर्षिय बेलिंघम पछिल्लो तीन सिजन जर्मनीमा खेलिरहेका थिए । उनले डोर्टमण्डका लागि १३२ खेलमा २४ गोल गरेका छन् ।

रियल म्याड्रिडले उनलाई करिब १०३ मिलियन युरो खर्च गरेर भित्र्याएको छ । उनले रियल म्याड्रिडमा २०२९ सम्मको सम्झौता गरेका छन् । रियल म्याड्रिडले बेलिंघमलाई धेरै पहिला देखि नै भित्र्याउने प्रयास गरिरहेको थियो । तर अहिले करिम बेन्जमाले क्लब छोडेपछि उनलाई तुरुन्त भित्र्याएको हो ।

उनले इङल्याण्डका लागि अहिलेसम्म २४ खेल खेल्दै एक गोल गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *