काठमाडौँ । स्पेनिस ला लिगाको यस सिजनको अन्तिम खेलमा रियल म्याड्रिड बराबरीमा रोकिएको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिड एथलेटिक क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
एथलेटिक क्लबका लागि ओइहान् सानसेटले एक गोल गरेका थिए भने रियल म्याड्रिडका लागि करिम बेन्जमाले गोल फर्काएका थिए ।
बेन्जमाले रियल म्याड्रिडमा आफ्नो अन्तिम खेलमा गोल गर्दै रियलबाट बिदा भएका छन् । बेन्जमाले रियलमा आफ्नो १४ बर्षको क्यारियर अन्त्यको यसअघि नै घोषणा गरेका छन् ।
बेन्जमा साउदी क्लब अल इत्तिहाद जाने लगभग तय भएको बताइएको छ ।
यो बराबरीपछि रियल म्याड्रिडले ३८ खेलमा ७८ अंकसहित दोस्रो हुदै सिजनको अन्त्य गरेको छ । त्यस्तै एथलेटिक क्लब भने ३८ खेलमा ५१ अंकसहित आठौ स्थानमा रहेर सिजनको अन्त्य गरेको छ ।




