खेलकुद

ए डिभिजन लिग, आज तीन खेल हुदैँ

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तरगत आज तीन खेल हुदैँछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा खेल हुनेछन भने अर्को एक खेल च्यासल मैदान, ललितपुरमा हुनेछ ।

च्यासल मैदानमा हुने खेलमा त्रिभुवन आर्मी क्लब र सातदोवाटो युवा क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

उता, दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्रि स्टार क्लब र एपिएफ फुटबल क्लब भिडन्तमा उत्रने छन, जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

यसैगरी, रंगशालामा हुने दोस्रो खेलमा भने चर्च ब्वाईज र जावालाखेल युथ क्लब आमुने सामुने हुनेछन, जुन खेल साँझ ६ बजेवाट सुरु हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *