खेलकुद

साउदीमा खुशी छु, अल नासर छोड्दिन- रोनाल्डो

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले आफुले अल नासर नछोड्ने स्पष्ट गरेका छन् । रोनाल्डोले आफुले अल नासरमा निरन्तरता दिने बताउदै आफु क्लबमा खुशी रहेको बताएका हुन् ।

प्रिमियर लिग क्लब न्यूक्यासल युनाइटेड जाने हल्लाका बिच रोनाल्डोले आफु साउदीमै खुशी रहेको प्रतिक्रिया दिएका हुन् ।

एसपीएललाई अन्तर्वार्ता दिदै रोनाल्डोले भनेका छन्- ‘म यहाँ खुशी छु, र यहि निरन्तरता दिन चाहन्छु । साउदी लिग राम्रो हुदै छ । अहिले जसरी नै काम गर्दै गए आउने पाँच बर्षमा साउदी लिग विश्वको उत्कृष्ट पाँच लिग मध्ये एक हुने छ ।’

साउदी लिगको बारेमा बोल्दै रोनाल्डोले केहि कुरामा अझै सुधारको खाचो रहेको बताउदै रेफ्री, पुर्बधार र भार सिस्टम लगायतमा सुधार आवश्यक रहेको बताएका छन् ।

अहिले साउदी लिगप्रति ठुला खेलाडी आकर्षित भएको बताउदै रोनाल्डोले सबैलाई लिगमा स्वागत रहेको बताएका छन् ।

गत विश्वकप पछि अल नासरमा पुगेका रोनाल्डोले लिगका १६ खेलमा १४ गोल गरेका थिए ।

अहिले साउदी लिगमा लियोनेल मेसी, करिम बेन्जमा, लुका मोड्रीच जस्ता खेलाडीको नाम जोडिएको छ । रोनाल्डोको आगमन पछि साउदी लिगका अन्य क्लबले पनि विश्वका ठुला खेलाडी भित्र्याउने प्रयास जारी राखेका छन् ।

रोनाल्डोको अल नासरसँग २०२५ सम्म सम्झौता रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *