खेलकुद

इत्तिहादले जित्यो साउदी प्रो लिग, अल नासर दोस्रो

काठमाडौँ । साउदी प्रो लिगको उपाधि अल इत्तिहादले जितेको छ ।

गएराती सम्पन्न खेलमा इत्तिहादले अल फेइहालाई ३-० गोल अन्तरले पराजित गर्दै यस सिजनको लिगको उपाधि एक खेल अघि नै जितेको हो ।

अल इत्तिहादको २९ खेलमा ६९ अंक रहेको छ र दोस्रो स्थानमा रहेको अल नासर भन्दा ५ अंकले अगाडी रहेको छ ।

गएराती नै सम्पन्न खेलमा अल नासरअल यत्तिफाकसँग १-१ गोलको बराबरीमा रोकिएपछि इत्तिहादको जित सुनिश्चित भएको थियो ।

इत्तिहादले २००८-०९ पछि पहिलो पटक साउदी प्रो लिगको उपाधि जितेको छ ।

साउदी प्रो लिग सबै भन्दा बढी जित्ने क्लब भने अल हिलाल हो । हिलालले १८ पटक यो उपाधि जितेको छ भने अल नासर र अल इत्तिहादले ९-९ पटक यो उपाधि जितेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *