काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट पारित हुने बताएका छन् । बेपत्ता योद्धा परिवार समाजले आइतबार काठमाडौंमा गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।सबैसंग सहमति गरेर सो विधेयक पारित गर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
सो विधेयक पारित गर्न नेपाली कांग्रेस, एमालेसहितका दलहरुले पनि सहमति र प्रतिबद्धता जनाएको प्रधानमन्त्री प्रचण्डले बताए ।संक्रमणकालीन न्यायसम्बन्धी विधेयक हाल प्रतिनिधिसभामा विचाराधीन छ, उक्त विधेयकको विषयमा संसदीय समितिमा छलफल सुरु भएको छ ।
प्रधानमन्त्री प्रचण्डले बेपत्ता पारिएका व्यक्तिहरुको स्थिति सार्वजनिक गर्ने, उनीहरुलाई शहीदको सम्मान दिने र परिवारलाई उचित क्षतिपूर्ति, परिपूरणसहितको व्यवस्था गर्न आफू पूरै लागिपर्ने पनि बताए ।




