राजनीति

सिंहदरबारमा प्रचण्ड, देउवा र ओलीबीच आज पनि भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता जारी रहेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च राजनीतिक र प्रशासक मुछिएको खुलासा भइरहेका बेला शीर्ष नेताहरु लगातार छलफलमा रहेका छन् ।

यस प्रकरणमा आजै मात्रै पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् भने एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पूर्जी जारी भएपछि फरार छन् । रायमाझीलाई एमालेले आजै पार्टीबाट निलम्बन गरिसकेको छ ।

यस प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *