काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले नराम्रा कामको जरा उखेल्ने अठोट लिएको बताएका छन् । बुधबार कम्युनिस्ट नेता निर्मला लामाको २३ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र सम्मृद्धिको यात्रालाई नयाँ ढंगले सुरु गर्ने सरकारको अठोट उदघोष गरेका हुन् ।
‘नकरात्मक कामलाई हटाएर नयाँ सकरात्मक कामको थालनी गर्ने प्रधानमन्त्री प्रचण्डले बताएका छन् । प्रधानमन्त्रीले सुशासन र सामाजिक न्यायाका निम्ति आम इमान्दार जनता, क्रान्तिकारी, बुद्धिजीवी र नागरिक समाजको सहयोग रहने विश्वास व्यक्त गरे । उनले राजनीतिमा जटिलता आइरहने भन्दै सुशासन कायम गर्न सबैको साथ र सहयोगको आवश्यकता रहेको उनले बताए । सुशासन कायम राख्न देशमा घटिरहेका हरेक घटनाको छानबिनका लागि आँफू पछि नपर्ने समेत प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे ।




