काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको अन्तिम बहसको पेसी आइतबारलाई तोकिएको छ। गत ११ वैशाखमा मुद्दाको अन्तिम बहस सुरु भए पनि न्यायाधीश दीपक ढकालले लामो बहसपछि मुद्दा हेर्न नभ्याइनेमा राखेसँगै लगातार सुनुवाइ हुन सकेको थिएन।
बलात्कार आरोप लागेका लामिछानेको मुद्दाको चाँडो किनारा लगाउन सर्वोच्चले आदेश दिइसकेको छ । तर विभिन्न कारणले मुद्दाको अन्तिम सुनुवाइ प्रभावित हुँदै आएको छ।
न्यायिक हिरासतबाट बाहिर निस्किएपछि सन्दीपले नेपालको तर्फबाट क्रिकेट खेल्दै आएका छन् । उनकै प्रभावशाली प्रदर्शनका कारण नेपालले एसिसी मेन्स प्रिमियर कप जित्दै एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने निश्चित गरेको थियो ।




