राजनीति

बालेन भन्छन्- ‘नयाँ, पुराना सबै नेताहरू चोर हुन्’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेनले सबै नेताहरूलाई ‘चोर’ को संज्ञा दिएका छन् ।

मंगलबार राति सामाजिक सञ्जालमार्फत बालेनले नयाँ–पुराना कुनै नेतालाई देशको माया नभएको बताएका हुन् ।

उनले भनेका छन्- ‘नयाँ, पुराना सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया छैन ।’

बालेनले नेताहरुप्रति लगातार यस्ता टिप्पणी गर्दै आएका छन् । केहिसमय अघि मात्र बालेनले ‘सिंहदरबाका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने’ बताएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *