खेलकुद

बराबरीमा रोकियो आर्सनल, फाइदामा म्यानचेस्टर सिटी

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत आर्सनल साउथहम्पटनसँग बराबरीमा रोकिएको छ ।

गएराती सम्पन्न खेलमा आर्सनल साउथहम्पटनसँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।

३-१ गोल अन्तरले पछाडी परेको आर्सनलले खेलको अन्तिम समयमा दुई गोल गर्दै हार बाट जोगिएको थियो ।

आर्सनलका लागि गाब्रियल मार्टिनेज, मार्टिन ओडेगार्ड र बुकायो साकाले एक एक गोल गरेका थिए ।

त्यस्तै साउथहम्पटनका लागि कार्लोस अल्काराज, थियो वालकट र डुज कालेटा कारले एक एक गोल गरेका थिए ।

यो बराबरीपछि आर्सनलको ३२ खेलमा ७५ अंक रहेको छ र दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा ५ अंकले आगाडी रहेको छ । आर्सनलले पछिल्ला तीन खेलमा बराबरीमा रोकिएपछि लिगको शिर्ष स्थान गुमाउने सम्भावना देखिएको छ ।

यद्यपि म्यानचेस्टर सिटीले दुई खेल कम खेलेकाले अब प्रिमियर लिगमा आर्सनललाई उछिन्ने अवसर रहेको छ ।

त्यस्तै साउथहम्पटनको भने ३२ खेलमा २४ अंक रहेको छ र लिगको पुछारमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *