काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत ओमानले नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याइरहेको छ ।
यसैक्रममा नेपालले चौथो सफलता हासिल गरेको छ ।सन्दीप लामिछाने ओमानको चौथो विकेट लिएका छन् । यस अघि सन्दीपले एकै ओभरमा २ विकेट लिएका थिए ।
योसँगै सन्दीपले एकदिवसीय क्रिकेटमा ४२ खेलमा १०० विकेट लिदै छिटो सय विकेट लिने नयाँ किर्तिमान बनाएका छन् । यो किर्तिमान यसअघि अफगानिस्तानका राशिद खानको नाममा रहेको थियो ।
नेपालका लागि यसअघि पहिलो विकेट ललित राजबंशीले लिएका थिए ।




