काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले ओमानविरुद्ध टस हारेर पहिला ब्याटिंग गरिरहेको छ ।
यसैक्रममा नेपालले छैटौं विकेट गुमाएको छ । ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरी ७ रन बनाएर आउट भएका छन् ।
यसअघि ब्याट्सम्यान आरिफ शेख २९, भीम सार्की ३३ र कप्तान रोहित पौडेल २३ रन बनाएर आउट भएका थिए भने दुवै ओपनर कुशल भुर्तेल र आसिफ शेख शुन्यमा आउट भएका थिए ।
अहिले कुशल मल्ल ७६ रन बनाएर खेलिरहेका छन् भने उनलाई साथ सोमपाल कामी आएका छन् ।




