खेलकुद

नेपालले तेस्रो विकेट गुमायो, कप्तान पौडेल आउट

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले ओमानविरुद्ध टस हारेर पहिला ब्याटिंग गरिरहेको छ ।

यसैक्रममा नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ । नेपालका कप्तान रोहित पौडेल २३ रन बनाएर आउट भएका छन् ।

नेपालले आफ्ना ओपनर शुन्य रनमै गुमाएको अवस्थामा कप्तान रोहितले भीम सार्कीसँग तेस्रो विकेटका लागि ५४ रनको साझेदारी गरेर आउट भएका छन् ।

अहिले भीम सार्की ३१ रन बनाएर खेलिरहेका छन् भने आरिफ सेखले उनलाई साथ दिइरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *