समाचार

मिरा चौधरीसहित चारजना एआइजीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका चार डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको छ । सोमबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ एआइजीमा बढुवाका लागि चारजनाको नाम सिफारिस गरेको हो ।

बढुवाका लागि सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकप्रसाद तामाङको नाम सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जारी गरेको सूचनामा उल्लेख छ ।

शुक्रबार नेपाल प्रहरीका महानिरीक्षकमा कुँवर बढुवा भएसँगै अन्य एआईजी सेवा निवृत्त भएपछि सो ठाउँमा गृह मन्त्रालयले पदपूर्तिका लागि सोमबार सिफारिस गरेको हो । विगतमा एआईजी, डिआईजी लामो समयसम्म बढुवा नहुने गरे पनि यसपटक प्रधानमन्त्री प्रचण्डले अन्य दल सरकारमा नआउँदै सबैमा सरुवा र बढुवा गर्ने नीति अख्तियार गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *