बैंक/ शेयर

प्रि-ओपन सेसन नेप्सेमा करिब ०.१७ अंकले वृद्धि

काठमाडौं। प्रि-ओपन सेसनमा आइतबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । नेप्से परिसुचकमा ०.१७ अंकले वृद्धि भइ १९१५.३२ विन्दुमा आएको छ । यससँगै १९ कम्पनीको एक हजार ६०२ कित्ता सेयर खरिदबिक्री हुँदा १६ लाख ७४ हजार ३३७ रुपैयाको कारोबार भएको छ ।

यो सेसनमा कुल १२ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ । साथै २ कम्पनी स्थिर रहेको छ। यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ३ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *