समाचार

बुद्ध जन्मेको देशमा मृत्युदण्ड किमार्थ हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरू कहिल्यै पनि मृत्युदण्डको पक्षमा जान नहुने बताएका छन् । मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नभएकाले आफू मृत्युदण्डको पक्षमा नरहेको बताएका हुन् ।

आज काठमाडौँमा सुरु भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरूको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । बुद्ध जन्मेको देशका बासिन्दाहरू कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्युदण्डको पक्षमा जान नहुने समेत जान नहुने उनको भनाइ छ । मानव अधिकारले कुनै पनि पक्षामा हिंसा हुनुहुँदैन भनेको छ । सो पक्षमा आँफु सहमत रहेको ओलीको प्रतिवद्धता रहेको छ ।

नेपालमा पनि मानव अधिकार आयोगलाई धम्की दिने राजनीतीप्रति केपी ओलीको असन्तुस्टि जनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *