खेलकुद

३८औँ ओभरमा दुई विकेट गुमायो

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले पीएनजीविरुद्ध टस हारेर पहिला ब्याटिंग गरिरहेको छ ।

टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले ३८औँ ओभरमा दुई विकेट गुमाएको छ । नेपालका लागि शतक बनाएर खेलिरहेका आसिफ सेख ११० रन बनाएर आउट भएका छन् भने कप्तान रोहित पौडेल ३० रन बनाएर आउट भएका छन् ।

यस अघि ज्ञानेन्द्र मल्ल ११, कुशल मल्ल २ रन बनाएर आउट भएका थिए भने कुशल भुर्तेलले ४५ रन बनाएर आउट भएका थिए ।

अहिले भीम सार्की र दिपेन्द्र सिंह ऐरी खेलिरहेका छन् ।

यो समाचार तयार गरुन्जेल नेपालले ३८ ओभरमा ५ विकेट गुमाएर २०८ रन बनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *