काठमाडौँ । आसिफ सेखले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट एक हजार रन पुरा गरेका छन् ।
पीएनजीविरुद्धको खेलमा ९० रन बनाएसँगै उनले एकदिवसीय खेलमा नेपालबाट खेल्दै एक हजार रन बनाएका हुन् ।
आसिफ नेपालबाट एकदिवसीय क्रिकेटमा एक हजार रन बनाउने दोस्रो खेलाडी हुन् । यस अघि कप्तान रोहित पौडेलले एक हजार रन पुरा गरेका थिए ।
रोहित पौडेलले अहिलेसम्म ४१ खेल खेल्दै ११८९ रन बनाएका छन् ।




