खेलकुद

पिएसजीलाई हराउदै बायर्न च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौँ । बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।

बायर्न म्युनिखले राउण्ड १६ को दोस्रो लिगमा पिएसजीलाई २-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।

बायर्न म्युनिखको जितमा एरिक म्याक्सिम र सेर्गी ग्नाब्रीले एक एक गोल गरेका थिए ।

बायर्न म्युनिखले पहिलो राउण्डमा १-० गोल अन्तरले जितेको थियो भने समग्रमा ३-० को नतिजासहित च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

योसँगै पिएसजीको च्याम्पियन्स लिगमा असफलता यस बर्ष पनि दोहोरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *