खेलकुद

नेपालले पहिलो विकेट गुमायो

काठमाडौँ । आइसीसी विश्वकप लिग अन्तर्गत अहिले नेपालले युएईविरुद्ध टस जितेर पहिला ब्याटिंग गरिरहेको छ ।

यसैबीच नेपालले पहिलो विकेट गुमाएको छ । नेपालका ओपनर आसिफ सेख ६ रन बनाएर आउट भएका छन् ।

आसिफलाई युएईका बलर जुनैद सिद्धिकीले आउट गरेका हुन् ।

यो समाचार तयार गरुन्जेल नेपालले ४.२ ओभरमा एक विकेट गुमाएर १४ रन बनाएको छ ।

अहिले ज्ञानेन्द्र मल्ल र कुशल मल्ल क्रिजमा रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *