काठमाडौं । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले नेम्वाङलाई नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेससगैं विजयको अग्रिम शुभकामना व्यक्त गरेको । नेम्वाङ गत मङ्सिरमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा इलाम क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठक भर्खर सकिएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार सरकारलाई दिएको समर्थन कायमै राखेर चुनावसम्म एमाले सरकारमै बस्ने भएको छ ।
एमाले बैठक पार्टी कार्यालयमा जारी छ । आज राष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ता हुँदैछ ।




