समाचार

राप्रपाले बोलायो आकस्मिक बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले परिवर्तित सन्दर्भमा छलफल गर्न आकस्मिक बैठक बोलाएको छ ।प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टी कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त आकस्मिक बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।

राष्ट्रपतिको निर्वाचनका लागि नयाँ राजनीतिक समीकरण बनेसँगै राप्रपा सरकारमा रहने या नरहने भन्नेबारे निर्णय लिइने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *