समाचार

नेपाली जनता हिंसाको पक्षमा छैनन् : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता हिंसाको पक्षमा नरहेको बताएका छन् ।

एमाले अध्यक्ष ओलीको आज परेको ७२ औं जन्मदिनको अवसर पारेर बालकोटस्थित उनकै निवासमा नेपाल अफ्रो एशियाली जनएकता सङ्गठनले आयोजना गरेको पुस्तक विमोचनमा उनले सो धारणा राखेका हुन् ।

सो सङ्गठनले प्रकाशन गरेको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन गर्दै उनले नेपाली जनतालाई अब कुनै पनि प्रकारको हिंसा मान्य नहुने बताए । अध्यक्ष ओलीले फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ मनाउने गरी सरकारले गरेको निर्णय सही नभएको टिप्पणी समेत ओलीले गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *