समाचार

दरबार हाइस्कुलमा अनसनरत प्रकाश न्यौपानेलाई हटायो नगर प्रहरीले

काठमाडौं । भानु माध्यमिक विद्यालय दरबार हाइस्कुलमा सार्वजनिक विद्यालय सुधारको माग राख्दै सोमबारदेखि आमरण अनसनरत प्रकाश न्यौपानेलाई काठमाडौं महानगर प्रहरीले हटाएको छ ।

विद्यालयकी प्रधानाध्यपक शारदा कुमारी पौडेलका अनुसार अनसनरत व्यक्तिको घर गोरखा र प्रकाश न्यौपाने नामले परिचित छन । उनले गोरखाको लुइटेल विद्यालयको व्यवस्थापन समितिको अध्यक्षको रुपमा दुई वर्ष काम गरेको समेत प्रधानाध्यापक पौडेलको भनाइ रहेको छ ।

सोमबार विद्यालयमा विभिन्न १६ बुँदे माग राखेर अनसन बस्न आएको भनेपछि विद्यालय परिसरमा अनसन नबस्न आग्रह समेत गरेको थियो ।
प्रकाश न्यौपानेले शिक्षकलाई राजनीति गर्न नदिनुपर्ने, प्रअको अलग पद निर्धारण गर्नुपर्ने, शिक्षकको योग्यता स्नातक र स्नातकोत्तर राखिनुपर्ने, ५÷५ वर्षमा लाइसेन्स नवीकरण, ५ वर्षमा शिक्षकको अनिवार्य सरुवा गरिनुपर्ने, सरकारी तलब खानेले अनिवार्य सरकारी स्कुलमा छोराछोरी पढाउनुपर्ने लगायतका १६ बुँदे माग राख्दै अनसन बसेको विद्यालयले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *