राजनीति

प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिको निर्वाचनपछि भारत भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपतिको चुनावपछि भारत भ्रमणमा जाने भएका छन् । स्रोतका अनुसार पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डको भारत भ्रमण यही फेब्रुअरीमा हुने तालिका सार्वजनिक भएको थियो । तर राष्टपतिको निर्वाचन पछि हुनाले प्रचण्ड राष्टपतिको निर्वाचनपश्चात मात्र भारत भ्रमणमा जाने भएका हुन् ।
तर मिति भने तय नभएको स्रोतको भनाइ छ ।

नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भारत भ्रमणको विषयमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेको भारतीय दूतावास स्रोतले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *